Logo

नेप्सेद्वारा महिला लघुवित्तको शेयर सुचीकृत, मंगलबारबाट कारोबारमा आउने



काठमाडौं, २ चैत्र । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)ले महिला लघुवित्त वित्तीय संस्था लिमिटेडको शेयर सुचीकृत गरेको छ । नेप्सेका अनुसार कम्पनीले माघ ३० गतेदेखि फागुन ५ गतेसम्म निष्कासनमा ल्याएको १० लाख कित्ता शेयर सोमबार सुचीकृत गरेको हो ।

संस्थापकहरुको लगानी ६ लाख कित्ता शेयर र ४ लाख सर्वसाधारणलाई गरेर कुल १० लाख कित्ता शेयर सुचीकृत भएको भएको हो । कम्पनीको शेयर मंगलबारदेखि कारोबारमा आउने गरी नेप्सेले सुचीकृत गरेको जनाएको छ । कम्पनीको शेयर प्रतिकित्ता ३१३ रुपैयाँ देखि ९३९ रुपैयाँ ४८ पैसा ओपनिङ्ग रेन्ज दिएको छ ।

महिला लघुवित्तले ४ करोड रुपैयाँ बराबरको ४ लाख कित्ता शेयर बिक्रि खुल्ला गरेको थियो । हाल संस्थाको चालु पुँजी १० लाख रहेकोमा उक्त पुँजीको ४० प्रतिशत हुन आउने ४ करोड बराबरको ४ लाख कित्ता शेयर निष्कासन गरेको हो । त्यसमध्ये ०.५ प्रतिशत वा ५ हजार कित्ता शेयर कर्मचारीहरुलाई ५ प्रतिशत वा २० हजार कित्ता शेयर सामुहिक लगानी कोषका लागि र बाकी रहेको ३ लाख ७५ हजार कित्ता साधारण शेयर छुट्टाएको छ ।

 



प्रतिक्रिया दिनुहोस्