Logo

गोकुल बाँस्कोटाको टिप्पणी : माधव रणनीति संसद्मा १०/२० ले फ्लोर क्रस गरेर कारबाही भोग्ने !



काठमाडौं, ३ चैत्र । नेकपा (एमाले) का प्रभावशाली नेता, सांसद तथा पूर्वमन्त्री गोकुल बाँस्कोटाले माधव नेपाल पक्ष चुनाव छेका पारेर नेपाल कम्फर्टेबल पार्टीमा विलिन हुने सनसनीपूर्ण टिप्पणी गरेका छन् । बाँस्कोटाले भनेको कम्फर्टेबल पार्टी भनेको प्रचण्ड नेतृत्वको पार्टी बुझिएको छ । केही समय पहिले प्रचण्डले प्राईम टिभीको लागि पत्रकार ऋषि धमलासँगको अन्तर्वार्तामा ‘कांग्रेस, आफूहरु र जसपा मिल्दा भारतलाई पनि कम्फर्टेबल हुन समिकरण’ बन्ने बताएका थिए । दाहालको उक्त अभिव्यक्ति सर्वाधिक आलोचित बनेको थियो ।

नेता बाँस्कोटाले माधव नेपाल पक्षले आयोजना गरेको यही चैत्र ४ गतेको भेलाको विरोध गर्दै यस्तो टिप्पणी गरेका हुन् । उनले लेखेका छन्-“माधब रणनीति स्पष्ट छ-गुटभेला र समानान्तर कमिटीद्वारा कार्यकर्ता जम्मा गर्ने,संसदमा १०-२०ले फ्लाेर क्रस गरेर कार्वाही भाेग्ने अनि हामीलाई बस्न टिक्न दिईएन भनेर कुर्लने र चुनाउ छेक नेपाल कम्फरटेवल पार्टीमा विलिन हुने।स्पष्ट अब अरु हुन पर्छ जाे अझै अलमलमा छन।नत्र ४ गतेकाे भेला किन?File Photo/ReportersNepal



प्रतिक्रिया दिनुहोस्