काठमाडौं, ३ चैत्र । प्राइम कमर्सियल बैंकले ऋणपत्रमा आवेदन दिने समय थप गरेको छ । तोकिएको मितीमा पर्याप्त आवेदन नपरेकोले चैत्र १३ गतेसम्म आवेदन दिन सकिने बैंकले जनाएको छ ।
बैंकको ‘८.७५ प्रतिशत प्राइम डिबेन्चर २०८५’ ऋणपत्र फागुन २७ गतेदेखि बिक्री खुल्ला गर्ने भएको छ । बैंकका अनुसार ८.७५ प्रतिशत ब्याजदरको ३ अर्ब ५० करोड रुपैयाँ बराबरको ३५ लाख कित्ता ऋणपत्र निष्कासन गरेको हो ।
ऋणपत्र मध्ये १४ लाख कित्ता सर्वसाधारणको लागि, व्यक्तिगत संघ संस्थालाई २१ लाख कित्ता बिक्रि गर्ने बैकले जनाएको छ । ऋणपत्रमा न्युनतम २५ कित्तादेखि अधिकतम ५ लाख कित्तासम्मका लागि इच्छुकले आवेदन दिन सक्ने भएका छन् ।