Logo

मंगलबार शेयर बजारमा सामान्य अंकको सुधार, ३ अर्बको कारोबार



काठमाडौं, ३ चैत्र । सोमबार २३८९ बिन्दुमा झरेको नेप्से परिसुचक आज सामान्य अंकले उकालो लागेको छ । मंगलबार (आज) ०.११ प्रतिशत अर्थात २.५६ अंकले बढेर २३९१.७४ विन्दुमा रोकिएको हो । त्यस्तै, सेन्सेटिभ इन्डेक्स पनि ०.४४ अंकले बढेर ४३०.४९ विन्दुमा पुगेको छ ।

नेप्से परिसुचक अनुसार २१६ कम्पनीका ४६ हजार ५४० पटक ३ अर्ब ३७ करोड ५६ लाख ९९ हजार ३३९ रुपैयाँ बराबरको ९ लाख १२ हजार ८५३ कित्ता शेयर खरिद बिक्रि भएको जनाएको छ ।

आज सबैभन्दा होटल उपसमुहको ३.३६ प्रतिशत, लाइफ इन्स्योरेन्सको १.४६ प्रतिशतले नेप्से परिसुचक बढेका हुन् । व्यापार, विकास बैंक, हाइड्रोपावर, .निर्जीवन बीमा र अन्य उपसमुहका परिसुचक भने घटेका हुन् ।

चन्द्रागिरी हिल्स लिमिटेडको ९.९८ प्रतिशत अर्थात ९७ रुपैयाँले बढेर १ हजार ६९ रुपैयाँ कायम भएको छ । जोशी हाइड्रोपावर डेभलपमेन्ट कम्पनी लिमिटेड ९.९२ प्रतिशत अर्थात १२ रुपैयाँले बढेर १३३ रुपैयाँ प्रतिशेयर कायम भएको छ ।



प्रतिक्रिया दिनुहोस्