काठमाडौं, ३ चैत्र । सिन्धु विकास बैंकले नायव प्रमुख कार्यकारी अधिकृतमा रामकुमार गिरिलाई नियुक्त गरेको छ । बैंक सञ्चालक समितिले २०७७ चैत २ गतेदेखि लागु हुने गरी गिरीलाई नायव प्रमुख कार्यकारी नियुक्त गरेको हो । गिरीसँग नेपाल बंगलादेश बैंक, सनराइज बैंक लगायतमा काम गरेको लामो अनुभव छ ।
उनले कम्युनिटी डेभलपमेण्ट बैंकमा प्रमुख कार्यकारी अधिकृत तथा एक्सेल डेभलपमेण्ट बैंकमा नायब प्रमुख कार्यकारी अधिकृत पदमा कार्य गरी बैंकिङ क्षेत्रमा करिब २१ वर्ष भन्दा बढी काम गरेका छन् । बैंकमा कर्मचारी सञ्चय कोषलगायत बैंकका पूर्व प्रमुख कार्यकारी अधिकृतसहितको सञ्चालक समिति रहेको छ ।