काठमाडौं, ४ चैत्र । नेकपा (एमाले) का नेता ठाकुर गैरेले वाम गठबन्धन कायम राख्नुपर्नेमा जोड दिएका छन् । उनले वर्तमान प्रधानमन्त्री केपी शर्मा ओलीलाई संसदको यो कार्यकालभरि नै आफूहरुले प्रधानमन्त्रीमा कायम राख्न चाहेको चाहना व्यक्त गरेका छन् ।
हिजो राति प्राइम टाईम्स टेलिभिजनबाट प्रसारण भएको जनता जान्न चाहन्छन् कार्यक्रममा पत्रकार ऋषि धमलासँग कुरा गर्दै उनले यस्तो बताएका हुन् । उनले आफूहरुलाई प्रधानमन्त्री तथा अध्यक्ष ओलीले कुनैपनि हालतमा कारबाही गर्न नसक्ने जिकिर गरे ।