Logo

प्रधानमन्त्रीले स्वयम भ्रष्टाचारीलाई सरंक्षण गर्नुभयो, पार्टी नेतृत्वको षड्यन्त्रमा फस्यो : झलनाथ खनाल (लाईभ भिडिओसहित)



काठमाडौं, ४ चैत्र । नेकपा (एमाले) का वरिष्ठ नेता तथा पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले यो तीन वर्षमा स्वयम भ्रष्टाचारीलाई संरक्षण गरेको गम्भीर आरोप लगाएका छन् । उनले महत्वपूर्ण नियुक्तीहरुमा पनि प्रधानमन्त्री ओलीले आफ्ना धुपौरेहरुलाई मात्रै गरेको आरोप लगाएका छन् ।

प्रधानमन्त्री ओलीले विवादस्पद विद्येयकहरु ल्याएको र ती विद्येयक ल्याउँदा पार्टीसँग कुनै सल्लाह नगरेको खनालको टिप्पणी छ । आजबाट सुरु भएको नेपाल खनाल पक्षको राष्टिय कार्यकर्ता भेलालाई अध्यक्षताको रुपमा सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् । उनले पछिल्लो समय प्रधानमन्त्री ओलीले बैठकहरुसमेत नराखेको गुनासो पोखे ।

https://www.facebook.com/sarokartvhd/videos/832159717512530

पार्टीमा अरु कुनै नेताले गुटबन्दी नगरेको बरु केपी ओलीले नै गरेको उनको दाबी छ । उनले पार्टीको संगठनात्मक अवस्थामा अराजकता नै अराजकता भएको पनि आरोप लगाए । आफूहरु पार्टी एकता जोगाउने काममा लागिपरेको पनि उनले सुनाए । तर, ओलीले एकता भंग गर्ने काममा लागेको उनको अर्को आरोप छ ।



प्रतिक्रिया दिनुहोस्