Logo

मुल्यबृद्धी गरेर सरकारले जनताको शोषण गरेको नेबि.संघ महामन्त्री तिमल्सिनाको आरोप



काठमाडौं, ४ चैत्र । नेपाल विद्यार्थी संघ केन्द्रीय समितीले पटक-पटक मुल्यबृद्धि गर्दै उपभोक्तालाई चरम शोषण गर्ने जनतामारा सरकारको विरुद्ध सशक्त प्रतिरोध गर्न अपिल गरेको छ ।

संघका महामन्त्री बलदेव तिमल्सिनाले भ्रष्टाचारमा निर्लिप्त ओली सरकारले फेरि पेट्रोलीयम पदार्थको मुल्य वृद्धि गरेर गरीब जनताको ढाड सेक्ने र चुलो बन्द गराउने काम गरेको भन्दै महिनामै कयौंपटक मात्र होइन हप्तैपिच्छे मुल्य बढाएर जनतामाथी बरबरतापुर्बक लुट्न उद्यत भ्रष्ट सरकारको नियत दिनप्रतिदिन उदाङ्गो भएको बताएका छन् ।

 

महामन्त्री तिमल्सिनाले पेट्रोलीयम पदार्थमा गरेको मुल्य वृद्धि तुरुन्त फिर्ता गराउन नालायक सरकारका बिरुद्ध कडा आन्दोलनमा उत्रिन आग्रह गरेका छन । नेपाल आयल निगमले पेट्रोल, डिजेल र मट्टितेलको मूल्य लिटरमा २–२ रुपैयाँ बढाएर एक लिटर पेट्रोलको ११८ रुपैयाँ तथा डिजेल र मट्टितेल प्रतिलिटर १०१ रुपैयाँ पर्नेछ ।

निगमले आन्तरिक तर्फ हवाइ इन्धन प्रतिलिटर रु २ बढाएर ७४ रुपैयाँ बनाएको छ । निगमले ग्यास र हवाइ इन्धन (अन्तर्राष्ट्रियतर्फ) को मूल्य भने यथावत राखेको छ ।
यसअघि निगमले फागुन १७ मा पनि पेट्रोलियम पदार्थको मूल्य बढाएको थियो । त्यसअघि पनि निगमले अन्तर्राष्ट्रिय बजारमै मूल्य वृद्धि भएको भन्दै भाउ बढाउँदै आएको थियो । निगमले बढाएको मूल्य मंगलबार मध्यरातिदेखि लागू हुने जनाइएको छ ।



प्रतिक्रिया दिनुहोस्