Logo

मुक्तिनाथ बैंकका ग्राहकलाई दृष्टि आई केयरको सेवामा छुट



काठमाडौं, ४ चैत्र । मुक्तिनाथ विकास बैंक र दृष्टि आई केयरबीच सम्झौता गरेको छ । दुई कम्पनीबीच सम्झौता भएपछि बैकका ग्राहकले दृष्टि आई केयर सिस्टमको सेवामा विशेष छुट पाउने भएका छन् ।

बैंकले आफ्ना भिषा डेबिट कार्डवाहक ग्राहकलाई थप सेवा दिन दृष्टि आई केयर सिस्टमसँग विभिन्न सेवामा विशेष छुट प्रदान गर्ने गरी सम्झौता गरेको हो । यस सम्झौता पश्चात बैंकका भिषा डेविट कार्डवाहक ग्राहकहरुले दृष्टि आई केयर सिस्टमबाट ओपीडी, विभिन्न शल्यक्रिया तथा अन्य सेवाहरुमा २० प्रतिशतसम्म छुट प्राप्त गर्न सक्ने बैंकले जनाएको छ । दृष्टि आई केयर सिस्टमका शाखाहरु बट्टार, टोखा, कलंकी, जमल, चाबहिल, नयाँ बानेश्वर, झापा र वीरगञ्जमा रहेका छन् ।

विकास बैंकले डिजिटल कारोबारलाई प्रोत्साहन गर्न भिसा नेटवर्क अन्तर्गतको जुनसुकै बैंकको एटीएमबाट विना कुनै शुल्क रकम झिक्न सकिने व्यवस्था गरेको छ । मोबाईल बैंकिङ्ग, क्यूआर कोड स्क्यान, अनलाईन कर्जा आवेदन, अनलाईन खाता खोल्ने, ईन्टरनेट बैंकिङ्ग, खाता मै रेमिट्यान्स जम्मा आदि जस्ता कार्यहरु बैंकको शाखामा उपस्थित नभई घरबाट गर्न सकिने व्यवस्था गरेको छ ।



प्रतिक्रिया दिनुहोस्