Logo

यी दुई लघुवित्तको साधारण सभा भोली हुँदै



काठमाडौं, ४ चैत्र । बिहीबार दुई लघुवित्त वित्तीय संस्थाको साधारण सभा हुने भएको छ । भोली सिभिल लघुवित्त वित्तीय संस्था र नेशनल माइक्रोफाइनान्सको साधारण सभा हुने भएको हो ।

सिभिल लघुवित्तको साधारण सभाले ०७६/७७ को नाफाबाट ३.५ प्रतिशत बोनस शेयर ०.१८४१ प्रतिशत कर प्रयोजनको लागि जम्मा ३.६८ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गर्न बिहान ११ बजे त्रिपुरेश्वरमा गर्ने भएको छ । सभाले अध्यक्षको प्रतिवेदनमाथि छलफल गरी पारित गर्ने, लेखा परिक्षकको नियुक्ति, निजको पारिश्रामिक, नाफा नोक्सान लगाएतका विषयहरुमा छलफल गरी पारित हुने जनाइएको छ ।

सभाले सभा प्रयोजनार्थ फागुन २० गते बुक क्लोज गरेकोले १९ गतेसम्म नेप्सेमा कारोबार भएका शेयरधनीहरुले मात्र साधारण सभामा भाग लिन तथा लाभांश प्राप्त गर्न सक्नेछन् ।
नेशनल माइक्रोफाइनान्सले क्रिक रिसोर्ट, धादिङ्कमा बिहान १० बजे सभाले ०७६÷७७ को मुनाफाबाट कुल २७ प्रतिशत प्रस्तावित लाभांश पारित गर्ने भएको छ ।

सभाले वासलात, लेखापरिक्षकको पारिश्रामिक निर्धारण गर्ने लयायतका विषयमा छलफल गरेर पारित गर्ने भएको छ । सभा तथा लाभांश प्रयोजनार्थ फागुन १४ गतेदेखि चैत्त ५ गतेसम्म बुक क्लोज गर्ने निर्णय गरेको छ ।



प्रतिक्रिया दिनुहोस्