Logo

वोमी लघुवित्तको प्रमुख कार्यकारी अधिकृतमा आचार्य



काठमाडौ.,४ चैत्र । वोमी लघुवित्त वित्तीय संस्थाले प्रमुख कार्यकारी अधिकृतमा प्रमेश आचार्यलाई नियुक्त गरेको छ । संस्थाको चैत्र १३ गते बसेको संचालक समितिको बैठकले आचार्यलाई सिइओमा नियुक्त गरेको हो ।

बोमी लघुवित्त संस्था र स्वयंसेवक लघुवित्त संस्था मर्जर भएपछि एकिकृत वोमी लघुवित्तमा आचार्य नियुक्त भएका हुन् । संस्थाले नायव प्रमुख कार्यकारी अधिकृतमा दिलिप कुमार पोखरेललाई नियुक्त गरेको छ ।



प्रतिक्रिया दिनुहोस्