Logo

प्रचण्डको नजरमा यी मन्त्रीहरु लालगद्धार देखि फटाहा



काठमाडौं, ५ चैत्र । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले ओली सरकारका मन्त्रीहरुबारे टिप्पणी गरेका छन् । उनले टिप्पणी गरेका मन्त्रीहरु कुनैबेला उनकै पक्षका थिए । माओवादी जनयुद्धमा समेत सहभागी भएका ती मन्त्रीहरुलाई धोकेवाजको संज्ञा दिए ।

प्रचण्डले सिन्धुली पुगेर कार्यकर्तामाझ सम्बोधन गर्दा व्यङ्ग्य गर्दै खुबै हसाए । गृहमन्त्री रामबहादुर थापा बादललाई लालगद्धार भने । ‘लालगद्धारलाई लौ गृहमन्त्री खाउ भनेर दिएँ, त्यहाँबाट धोका भयो,’ प्रचण्डले भने ।

खानेपानीमन्त्री मणिचन्द्र थापालाई सकिइसकेको मान्छे भने । ‘सकिइसकेको मान्छेलाई स्थायी समितिमा लगेँ,’ प्रचण्डले थापाबारे भने ।
लेखराज भट्टले रोएर मन्त्री पाएको बताए । उनले भट्टबारे भने,‘आएर रोएपछि मन्त्रीमा पठाएँ ।’

सहरी विकासमन्त्री प्रभु साहलाई विक्री भएको आरोप लगाए । उनले भने,‘महङ्गो मन्त्रीको रुपमा विक्री भए ।’ प्रचण्डले आफूले अलि बुद्धि नपुर्याएको स्वीकारे । उनले भने,‘पार्टीमा फटाहालाई बढी विश्वास भयो ।’

प्रचण्डले विक्री भएको आरोप लगाएमा श्रममन्त्री गौरीशंकर चौधरी र खेलकुदमन्त्री दावा लामा पनि थिए ।



प्रतिक्रिया दिनुहोस्