काठमाडौं, ५ चैत्र । विश्व मुख स्वास्थ्य दिवस – २०७७ को पुर्वसन्ध्यामा नेपाल डेन्टल साइन्स हाईजिनिष्ट एसोसिएसनले विभिन्न जनचेतनामुलक कार्यक्रम गर्ने भएको छ । बिहीबार रिपोर्टर्स क्बल नेपालमा पत्रकार सम्मेलन गरेर एसोसिएसनले आउँदो शनिबार र आइतबार ७ देखि ८ चैत्रमा अन्तराष्ट्रिय डेन्टल एण्ड ओरल हाईजिन गोष्ठी गर्ने जानकारी दिएको हो ।
कार्यक्रममा बोल्दै नेपाल डेन्टल साइन्स हाईजिनिष्ट एसोसिएसनका अध्यक्ष माइकल देवकोटाले हालसम्म नेपाल सरकार स्वास्थ्य मन्त्रालयले दन्त स्वास्थ्यमा क्षेत्रमा कुनै पनि कार्यक्रमहरु नगरेको आरोप लगाए । उनले सबैभन्दा महंगो दन्त उपचारलाई कम्तीमा पनि सबै स्थानीय तहमा लैजान सकेमा मुखबाट हुने शरीरमा अन्य जटिल रोगहरुलाई रोक्न सक्ने बताए । उनले सरकार, प्रदेश सरकार र स्थानीय सरकार यस विषयमा गम्भीर हुनुपर्नेमा जोड दिए ।
‘धेरै मानिसहरुले दाँत माझेपनि सहि तरिका थाहा छैन्’ उनले भने, ‘पहिला ब्रस नगर्दा समस्या थियो भने पछिल्लो समयमा ब्रस गर्न नजानेर समस्या आएको छ ।’ बढी घोटीएर दाँत घोट्ने गर्दा दाँत खिइने, सिरिङ–सिरिङ हुने जस्ता समस्या देखा परेको उनले बताए । एसोसिएनले सहि तरिकाले राष्ट्रिय दाँत माझ्ने अभियान सुरु गरेको जिकिर गरे ।
कार्यक्रममा बोल्दै ओरल हेल्थमा भर्खरै पिएचडी सकाएका डा.अमित कुमार शाखले ओरल हेल्थ अर्झै पनि नेपाली परिप्रेक्षमा नौलो भएको बताए । नेपालमा दन्त स्वास्थ्यलाई अझैपनि तल्लो स्थानमा राखेको आरोप लगाए । उनले मानिसहरुले दाँतलाई महत्व नै नदिएको जिकिर गरे ।
एसोसिएसनले माइतिघर मण्डलामा चैत्र ७ गते शनिबार विश्व मुख स्वास्थ्य दिवस उद्घाटन तथा जनचेतनामुलक कार्यक्रम बिहान ११ बजेदेखि १ बजेसम्म गर्ने भएको छ । उद्घाटन कार्यक्रममा प्रमुख अतिथिको रुपमा मुख स्वास्थ्य प्रमुख स्वास्थ्य सेवा विभाग का डा.प्रकाश बुढाथोकी रहने जानकारी दिएका छन् ।
त्यस्तै, एसोसिएसनले चैत्र ८ गते आइतबार होटल ऐल्लो पागोडामा बिहान ९ बजेदेखि बेलुका ५ बजेसम्म अन्तराष्ट्रिय डेण्टल एण्ड ओरल हाइजिन गोष्ठि गर्ने भएको छ । गोष्ठि कार्यक्रममा प्रमुख अतिथि स्वास्थ्य राज्य मन्त्री नवराज रावल रहने एसोसिएनले जनाएको छ । गोष्ठिमा मनोरन्जन तथा सांस्कृतिक कार्यक्रमहरु पनि हुने जनाइएको छ ।
नेपाल डेन्टल साइन्स हाइजेनिस्ट एसोसिएसनका उप–महासचिव प्रकाश गौतमले दाँत माझ्ने तरिका बारे जानकारी दिएका थिए । नेपाल डेन्टल साइन्स हाइजेनिस्ट एसोसिएसनका महासचिव तथा प्रवक्ता निमा गेल्बु शेर्माले कार्यक्रम संचालन गरेका थिए ।