काठमाडौ., ५ चैत्र । नेपाल क्रेडिक एण्ड कमर्स बैंक (एनसीसी) ले ऋणपत्र बिक्रि खुला गर्ने भएको छ । बैंकले १० वर्षे अवधिको लागि चैत्र १३ गतेदेखि ३० लाख कित्ता ऋणपत्र विक्रि गर्ने जनाएको छ ।
कम्पनीले ‘९.५० प्रतिशत एनसीसी ऋणपत्र २०८६’ ऋणपत्रको नाम दिएको छ । प्रतिऋणपत्र १ हजार मुल्यका ११ लाख ४० हजार कित्ता मात्र सर्वसाधारणका लागि निष्कासन गर्ने भएको छ । ऋणपत्र विक्रि तथा प्रबन्धकमा नबिल इन्भेष्टमेण्ट बैकिङ लिमिटेड रहको यस कम्पनीमा न्युनतम २५ कित्तादेखि धेरैमा ३ लाख कित्तासम्ममा ऋणपत्रमा चैत्र १८ र ढिलोमा २७ गतेसम्म आवेदन दिन सकिने कम्पनीले व्यवस्था गरेको छ । माघ १० नै बैंकले नेपाल धितोपत्र बोर्डबाट ऋणपत्र विक्रिका लागि अनुमति लिएको थियो ।