काठमाडौं, ५ चैत्र । आईपीओ निस्काशनको अनुमति माग गर्दै नेपाल धितोपत्र बोर्डमा दुई कम्पनीले निवेदन दिएका छन् । बोर्डमा बलेफी हाइड्रोपावर लिमिटेड र ग्रीन भेन्चर्स लिमिटेडले निवेदन दिएका हुन् ।
शेयर बिक्रि प्रबन्धकमा कम्पनीले ग्लोबल आइएमई क्यापिटललाई नियुक्त गरीसकेको छ । बलेफी हाइड्रोपावरले स्थानिय र सर्वसाधारणको लागि ३६ करोड ५५ लाख ९४ हजार बराबरको ३६ लाख ५५ हजार कित्ता आईपीओ विक्रि गर्न लागेको हो ।
त्यस्तै, ग्रीन भेन्चर्सले ६२ करोड ५० लाख रुपैयाँ बराबरको ६२ लाख ५० हजार कित्ता आईपीओ विक्रि गर्न लागेको जनाएको छ । कम्पनीको शेयर तथा विक्रि प्रबन्धकमा लक्ष्मी क्यापिटल मार्केट लिमिटेड रहेको छ । दुवै कम्पनीले आयोजना प्रभावित स्थानियहरु र सर्वसाधारणको लागि आईपीओ निष्कासन गर्न लागेको हो ।