Logo

नेपाल बैंकको नयाँ शाखा दैलेखमा



काठमाडौं, ५ चैत्र । नेपाल बैंक लिमिटेडले २०५ औं शाखा दैलेखको नारायण नगरपालिकामा नयाँ शाखा विस्तार गरेको छ । नयाँ शाखाको उद्घाटन संचालक समितिका अध्यक्ष मधुकुमार मडासिनी र नारायण नगरपालिकाका नगरप्रमुख रत्नबहादुर खड्काले संयुक्त रुपमा उद्घाटन गरेका हुन् ।

कार्यक्रममा बोल्दै बैंकका प्रमुख कार्यकारी अधिकृत कृष्णबहादुर अधिकारीले प्रदेशका हुम्ला, मुगु र कालिकोट जिल्लामा छिट्टै सेवा सञ्चालनमा ल्याउने योजना रहेको जानकारी दिए । उनले ग्रामिण अर्थतन्त्रलाई उकास्न बैंकले ६ दशमलव ९९ प्रतिशत व्याजदरमा साना तथा मझौंला उद्यमी तथा व्यवसायीहरुका लागि आकर्षक प्याकेज अघि सारेको बताए ।



प्रतिक्रिया दिनुहोस्