Logo

ग्लोबल आइएमई बैंक र बोधि होल्डिङ्गबीच सम्झौता



काठमाडौं, ५ चैत्र । ग्लोबल आइएमई बैंक र बोधि होल्डिङ्गबीच बुधबार सम्झौता भएको छ । ग्लोबल आइएमई बैंकले बोधि होल्डिङ्गका ग्राहकलाई सहुलियत ब्याजदरमा आवासिय घर कर्जा दिने सम्बन्धी समझदारी पत्रमा हस्ताक्षर भएको हो । समझदारी पत्रमा बैंकका प्रमुख कार्यकारी अधिकृत रत्नराज बज्राचार्य र बोधि होल्डिङका अध्यक्ष जलेश्वर पाण्डेले हस्ताक्षर गरेका हुन् ।

समझदारी अनुसार बैंकले बोधि होल्डिङ्ग प्रा.लि.ले ओमसतिया ४, भैरहवा, रुपन्देहीमा निर्माण गर्ने आवासिय घर निर्माण परियोजना मार्फत घर/जग्गा खरिद गर्न चाहने नेपाली नागरिकहरुलाई सहज रुपमा सहुुलियत ब्याजदरमा घर कर्जा प्रवाह गर्नेछ । यसका साथै ग्लोबल आइएमई बैंक, बोधि होल्डिङ्ग प्रा.लि.ले निमार्ण गर्ने परियोजनाको बैकिङ्ग पार्टनरको रुपमा पनि रहने बैंकले जनाएको छ ।

बैंकले सबै क्षेत्र र वर्गसम्म बैंकिङ्ग सेवाको पहुँच पु¥याउने उद्देश्यले देशभर ७५ जिल्लामा बैंकको २७० शाखा, २४२ एटीएम, २५५ शाखा रहित बैंकिङ्ग सेवा, ४७ एक्सटेन्सन तथा राजश्व संकलन काउन्टर तथा ३ वटा बैदेशिक प्रतिनिधि कार्यालयसमेत गरी करिब ८०० सेवा केन्द्रबाट २२ लाख भन्दा बढि ग्राहकलाई सेवा प्रदान गरिरहेको छ ।

ग्राहकलाई सहुलियत ब्याजदरमा आवासिय घर कर्जा दिने सम्बन्धि सम्झौता भए बैंक र बोधि होल्डिङ्गकाबीच बुधबार यस्तो सेवा प्रवाह गर्ने सम्बन्धी समझदारी पत्रमा हस्ताक्षर भएको हो
ग्लोबल आइएमई बैंकले सबै क्षेत्र र वर्गसम्म बैंकिङ्ग सेवाको पहुँच पु¥याउने उद्देश्यले देशभर ७५ जिल्लामा बैंकको २७० शाखा, २४२ एटीएम, २५५ शाखा रहित बैंकिङ्ग सेवा, ४७ एक्सटेन्सन तथा राजश्व संकलन काउन्टर तथा ३ वटा बैदेशिक प्रतिनिधि कार्यालयसमेत गरी करिब ८०० सेवा केन्द्रबाट २२ लाख भन्दा बढि ग्राहकलाई सेवा प्रदान गरिरहेको छ ।



प्रतिक्रिया दिनुहोस्