Logo

धनगढीको दैनिक कृषि उपज हाट बजारमा सिभिल बैंकको क्युआर कोड



काठमाडौं, ५ चैत्र । सिभिल बैंकले धनगढीको दैनिक कृषि उपज हाट बजारका विभिन्न व्यापारीहरुलाई क्युआर कोड वितरण गरेको छ । बैंकले नगदरहित अभियानलाई निरन्तरता दिँदै धनगढीको दैनिक कृषि उपज हाट बजारका विभिन्न व्यापारीहरुलाई क्युआर कोड वितरण गरेको हो ।

बैंकले आफ्नो ग्राहकहरुलाई क्युआर कोडको प्रयोग गरी विद्युत्तीय प्रणाली मार्फत विभिन्न किसिमका नगद रहित भुक्तानी सेवा उपयोग गर्न प्रोत्साहन गर्दै आएकोमा यसरी नै विभिन्न व्यापार व्यवसायहरुमा क्युआर कोडलाई अझ सशक्त रुपमा देशव्यापी रुपमा लैजाने र आगामी दिनहरुमा पनि यस्तै खालको सेवाहरु ल्याउँदै जाने कुरा बैंकका सुदुरपश्चम प्रदेशका प्रमुख दिपक जोशीले बताए ।

बैंकको अनुसार पाँच लाखभन्दा बढी ग्राहकहरुलाई ११४ शाखाहरु तथा ७ एक्सटेन्सन काउन्टर मार्फत सेवा प्रदान गरिरहेको सिभिल बैंकले करीब ८१ अर्व भन्दा बढी निक्षेप परिचालन गरी ७५ अर्ब भन्दा बढी कर्जा लगानी गरेको जनाएको छ ।

कार्यक्रममा प्रमुख अतिथि नेपाल राष्ट्र बैंक धनगढीका प्रमुख निर्देशक सुवास चन्द्र घिमिरे, उक्त बजार व्यवस्थापन समितीका अध्यक्ष पदम बहादुर चन्द, सिभिल बैंकका सुदुरपश्चम प्रदेशका प्रमुख दिपक जोशी, शाखा प्रबन्धक संजोग भट्ट लगायत सो क्षेत्रका व्यवसायीहरु, गन्यमान्य ब्यक्ति तथा सर्वसाधरणको बाक्लो उपस्थिति थियो ।



प्रतिक्रिया दिनुहोस्