काठमाडौं, ५ चैत्र । नेपाल इन्भेष्टमेन्ट बैंकले ‘थैली’ नामक नयाँ डिजिटल वालेट एप संचालनमा ल्याएको छ । बैंकको अनुसार ग्राहकलाई बैंक र एटीएममै पुग्नुपर्ने बाध्यता अन्त्य गर्ने उद्देश्यले डिजिटल भुक्तानीलाई बढावा दिन थैली वालेट ल्याएको हो ।
राष्ट्र बैंकले केही दिनअघि मात्रै डिजिटल माध्यमबाट हुने कारोबारको सीमा बढाएको थियो । बैंकको अनुसार थैली इन्भेष्टमेन्ट बैंकको मोबाइल मनी वालेट एप हो । यसबाट द्रुतगतिमा पैसा पठाउन, पाउन, एकाउन्ट चेक गर्न शून्य पैसामै सकिन्छ । थैली डिजिटल वालेट दुवै मोबाइल बैंकिङ र मोबाइल वालेट एप्लिकेसन भएको छ ।
यसमा ग्राहकले आफ्नो बैंकको एकाउन्ट जोड्नुपर्छ । यसबाट विभिन्न पीटुपी फन्ड ट्रान्सफर, पैसा पठाउन र पाउन सकिने बैंकले जनाएको छ । यसैबीच, बैंकले नयाँ कर्जा सुविधा ‘थैली ओभरड्राफ्ट’ पनि सुरु गरेको छ । यसबाट साना तथा मध्यम र किराना स्टोरहरुलाई ओभरड्राफ्ट कर्जाको सुविधा उपलब्ध गराउने जनाएको छ ।