काठमाडौं, ५ चैत्र । साताको कारोबारको अन्तिम दिन बिहीबार शेयर बजार सामान्य अंकले बढेको छ । आज १.७७ प्रतिशत अर्थात ४२.९५ अंकले बढेर २४७५.०९ विन्दुमा पुगेको हो ।
नेप्से परिसुचक अनुसार २१३ कम्पनीका ५७ हजार ७ सय ४२ पटक कारोबार भएर ४ अर्ब ६६ करोड १७ लाख ९२ हजार १८७ रुपैयाँ बराबरको १ करोड १६ लाख ५७ हजार ९७५ कित्ता शेयर खरिद बिक्रि भएको छ । त्यस्तै, सेन्सेटिभ इन्डेक्स ५.५५ अंकले बढेर ४४४.१५ विन्दुमा पुगेको हो ।
साताको कारोबारको अन्तिम दिन आज व्यापार उपसमुहको बाहेक ११ उपसमुहको नेप्से परिसुचक बढेका हुन् । होटल र पर्यटन उपसमुहका सर्वाधिक ४.१ प्रतिशत अर्थात ११२.८८ रुपैयाँले बृद्वि भएको हो ।
नेप्सेको अनुसार नेपाल बंगलादेश बैंक लिमिटेडको सबैभन्दा धेरै कारोबार भएको छ । बैंकको ७६ करोड ७६ लाख भन्दा धेरैको कारोबार भएको हो । त्यसैगरी, नेपाल इन्फ्रास्ट्रक्चर बैंकको २१ करोड ६२ लाख रुपैयाँ भन्दा धेरैको कारोवार भएको नेप्सेले जनाएको छ । ग्रिनलाइफ हाइड्रोपावर लिमिटेडको मुल्य १० प्रतिशत अर्थात ३६ रुपैयाँले बढेर ३९६ रुपैयाँ प्रतिशेयर कायम भएको छ ।