भरतपुर, ६ चैत: चितवनमा यही चैत ७ र ८ गते दुई दिन १० घण्टा विद्युत् आपूर्ति बन्द हुने भएको छ । नेपाल विद्युत् प्राधिकरण हेटौँडा ग्रिड महाशाखाले एक सूचना जारी गर्दै मर्मतसम्भारका लागि दुई दिन विद्युत कटौती हुन लागेको जानकारी दिएको हो ।
हेटौँडा ग्रिड महाशाखाअन्तर्गतको १३२÷३३÷११ केभी भरतपुर सबस्टेशनमा ११ केभी इन्कमर तथा बसकल्पर बदलेर क्षमता वृद्धि गर्नाका साथै आवश्यक मर्मतसम्भार गर्न परेको विद्युत् कटौती गर्न लागिएको महाशाखाका इञ्जिनीयर राजु श्रेष्ठले जानकारी दिए । विद्युत् प्राधिकरण भरतपुरका अनुसार शनिबार र आइतबार बिहान ८ः०० देखि साँझ ६ः०० बजेसम्म विद्युत् कटौती हुनेछ ।
मिडिया नेपाल चितवनको पुनःगठन
मिडिया नेपाल चितवनको पुनःगठन गरिएको छ । बिहीबार भएको कार्यक्रममा समीक्षा पुरीको अध्यक्षतामा १५ सदस्यीय जिल्ला कार्यसमिति निर्माण गरिएको हो ।
कार्यसमितिको उपाध्यक्षमा तिलक पौडेल, सचिवमा प्रतिमा कुमाल, कोषाध्यक्षमा सविता महतो चयन भएका छन्। सदस्यमा अनिशा थापा, आभाष राना, टेकलाल भुषाल, सुरज किरण, विनिता श्रेष्ठ, करिष्मा गुरुङ, दीपेन्द्र बर्तौला, प्रकाश भट्टराई, किरण रानामगर, अनिशा खनाल र शर्मिला विक रहनुभएको छ । सल्लाहकारमा दीपक पौडेल रहेका छन् । वाग्मती प्रदेशसभा सदस्य तथा राष्ट्रिय प्रजातन्त्र पार्टीका केन्द्रीय सदस्य रीना गुरुङको उपस्थितिमा मिडिया नेपालको कार्यसमिति पुनःगठन गरिएको हो ।-रासस/File Photo