Logo

बैंक अफ काठमाण्डको विशेष साधारण सभा सम्पन्न



काठमाडौं । बैंक अफ काठमाण्डू लिमिटेडको आफ्नो विशेष साधारण सभा मंगलबार एक समारोहको बिच सम्पन्न भएको छ । उक्त समारोह बैंकको सञ्चालक समितिका अध्यक्ष श्री प्रकाश श्रेष्ठज्यूको अध्यक्षतामा सम्पन्न भएको हो ।

उक्त विशेष साधारण सभाले सर्वसाधारण शेयरधनीहरुको तर्फबाट सञ्चालक समितिमा प्रतिनिधित्व गर्नुहुने ३ जना सञ्चालकहरु श्री गोबिन्द प्रसाद शर्मा श्री मदन लाल जोशी र श्री अमृता उप्रेती सञ्चालक पदमा निर्बिरोध निर्वाचित भएका हुन् ।

बैंकले हाल ९० शाखा कार्यालयहरु, ७८ एटिएम र १० एक्स्टेन्सन काउन्टर मार्फत आफ्ना ग्राहक महानुभावहरुलाई बैंकिङ्ग सेवा तथा सुविधा प्रदान गर्दै आईरहेको छ ।

 

 



प्रतिक्रिया दिनुहोस्