Logo

महेश बस्नेतको उद्घोष : अनुशासन उल्लंघन गर्ने माधव–झलनाथहरुलाई कारबाही हुन्छ (भिडिओसहित)



काठमाडौं, ६ चैत्र । नेकपा (एमाले) का प्रभावशाली नेता, सांसद तथा पूर्वमन्त्री महेश बस्नेतले पार्टीको अनुशासन उल्लंघन गर्ने नेताहरुलाई अब अनुशासनको कारबाही गरिने चेतावनी दिएका छन् । हिजो राति प्राइम टाईम्स टेलिभिजनबाट प्रसारण भएको जनता जान्न चाहन्छन् कार्यक्रममा पत्रकार ऋषि धमलासँग कुरा गर्दै उनले यस्तो बताएका हुन् ।

उनले पार्टी फुट्यो भनेर अहिले भन्ने बेला नभएको जिकिर गरे । तर, नेपाल पक्षले गुटको भेला गरिरहेको उनको आरोप छ । नेपाल पक्षको १७ बुँदे निर्णय हेर्दा नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहालसँग साँठगाँठ गरेर पार्टी फुटाउने रणनीतिमा रहेको भन्ने आंशका पुष्टि भएको उनको भनाई छ । बैठकमा नआउने सांसदहरुलाई कारबाही गर्नको लागि संसदीय दलमा बोर्ड गठन गरिएको पनि बस्नेतले चेतावनी दिए । उनले प्रधानमन्त्री ओलीले पार्टी एकताको लागि गम्भीर पहल गरिरहेको पनि विश्वास दिलाए ।



प्रतिक्रिया दिनुहोस्