Logo

सिंगटी हाइड्रोको आईपीओमा आजबाट आवेदन दिन सकिने



काठमाडौं, ६ चैत्र । सिंगटो हाइड्रो इनर्जी लिमिटेडले आजबाट २९ लाख कित्ता आईपीओ सर्वसाधारणको लागि बिक्रि खुल्ला गरेको गरेको छ । कम्पनीले दोस्रो चरणमा सर्वसाधारणको लागि आईपीओ निष्कासन गरेको हो । यस अघि कम्पनीले आयोजना प्रभावित स्थानियको लागि आईपीओ निष्कासन गरेको थियो ।

शुक्रबार निष्कासन गरेको आईपीओ मध्ये १ लाख ४५ हजार सामुहिक लगानीकोष र ५८ हजार कित्ता कम्पनीका कर्मचारीहरुका लागि छुट्टाएपछि बाकी रहेको २६ लाख कित्ता सर्वसाधारणको लागि निष्कासन गरेको कम्पनीले जनाएको छ ।

कम्पनीको अनुसार आजबाट बिक्रि खुल्ला भएको आईपीओमा चैत्र १० गतेसम्म र बिक्रि नभएमा चैत्र २० गतेसम्म शेयर खदिर गर्न इच्छुकले आवेदन दिन सक्नेछन् । शेयर खरिद न्युनतम १० कित्तादेखि धेरैमा २ लाख कित्तासम्म आवेदन दिन सकिने भएको छ । कम्पनीले विक्रि तथा प्रबन्धकमा मेगा क्यापिटल मार्केट्र्स लिमिटेडलाई नियुक्त गरेको छ ।



प्रतिक्रिया दिनुहोस्