Logo

दश वर्ष कतार एयरवेजमा काम गरिसकेका अनुभवी पाईलट शाहलाई नेपाल एयरलाईन्सका पाईलटबाट अपमान !



काठमाडौं, ६ चैत्र । राष्ट्रिय ध्वजावाहक नेपाल एयरलाईन्सको गौरवमय ईतिहास छ । एयरलाईन्सको श्रीवृद्धिको लागि सरकारले उल्लेख्य लगानी गरेको छ । तर, पछिल्लो समय एयरलाईन्सभित्र विभिन्न विकृति र विसंगति देखिन थालेका छन् । निगम व्यवस्थापन नेपाल एयरलाईन्सलाई सबैको मन जित्ने बनाउनको लागि अहोरात्र खटिरहेको छ । यसका नतिजा पनि आम जनताले महशुस गर्नेगरि आईरहेका छन् ।

पछिल्लो समय व्यवस्थापनले विश्व प्रसिद्ध कतार एयरवेजमा काम गरेका अनुभवी नेपाली क्याप्टेन उत्सवजीजंग शाहलाई नेपाली पाईलटहरुले खाईपाई आएको सेवा/सुविधाअनुसार नै भित्र्याएको थियो । खासमा पाईलट शाहको पनि चाहना–नेपाल एयरलाईन्समै काम गर्ने र यसको स्तरोन्नतीमा टेवा पुर्याउने थियो । र, उनी गत फागुनमा मात्रै वायु सेवा निगममा आवद्ध भएका थिए ।

नेपाल एयरलाईन्समा महँगो पारिश्रमिक (सेवा/सुविधासहित) बसेका विदेशी पाईलटहरुलाई विस्थापित गर्ने र स्वदेशी पाईलटहरुलाई नै अब नेतृत्वमा ल्याउनेगरि व्यवस्थापनले पहलकदमी लिएको छ । निगम व्यवस्थापनको यो कदमको चौतर्फी प्रशंसासमेत भैरहेको छ । तर, क्याप्टेन शाहलाई पहिलो गाँसमै ढुंगा लागेझैं त्यतिवेला भयो, जतिवेला उनी एयरवस-३३० को काठमाडौं–दुवई उडानमा निगमकै पूराना पाईलट श्रवण रिजालसँग सेफ्टी पाईलटको (एस.एन.) को रुपमा जाँदै थिए । र, उनलाई क्याप्टेन रिजालले आफूसँग नउड्न भन्दै रुखो व्यवहार देखाएको पाईएको छ । कतिसम्म भने पाईलट रिजालले उक्त उडानमा क्याप्टेन शाहलाई समावेश गरेनन् । र, घर फर्काएका थिए । यो घट्ना गत बुधबार (चैत्र ४ गते) को हो ।

निगमनिकट उच्च स्रोतका अनुसार विदेशमा मासिक २० लाखको सेवा/सुविधा छोडेर मातृभूमी र नेपाली राष्ट्रिय ध्वजावाहकमा सेवा गर्ने उद्देश्यले स्वदेश फर्किएका पाईलट शाहलाई निगमका पूराना पाईलट रिजालको व्यवहारले दुःखी तुल्याएको छ । त्यतिमात्रै होईन, क्रु–ब्रिफिङमा पाईलट रिजालले एयरहोस्टेसलाई पनि ककपिटमा आउन अनुमति नदिने गरिएको पाईएको छ । जुन सुरक्षाको दृष्टिकोणले पनि घातक र संवेदनशील मानिन्छ । पाईलट रिजालको यो व्यवहारले उडानमा सरिक कर्मचारीहरुसमेत आजित बनेका छन् । कतिसम्म भने उनी एयरहोस्टेसले दिएको पानीसमेत पिउन मान्दैनन् ।

निगमनिकट स्रोतका अनुसार विदेशका प्रतिष्ठित एयरलाईन्समा काम गरेका अनुभवी नेपाली पाईलटरु विस्तारै नेपाल एयरलाईन्समा आवद्धता हुने माहोल बनेको बेलामा पाईलट श्रवण रिजालको यस्तो व्यवहारले भोलि उनीहरु नेपालमा आएर काम गर्न ईच्छुक नहुनसक्ने अवस्था आउन सक्छ । त्यसैले बेलैमा निगम व्यवस्थापनलगायत सम्बन्धित निकायले ध्यान पुर्याउन जरुरी छ । र, उक्त घट्नाको बारेमा सत्य/तथ्य बुझ्न अनुशन्धान गर्नुपर्ने माग निगमभित्रैबाट उठेको छ ।



प्रतिक्रिया दिनुहोस्