काठमाडौं, ६ चैत्र । नेपाल उद्दोग वाणिज्य महासंघका वरिष्ठ उपाध्यक्षका प्रत्याशी किशोर प्रधानसहित दुई सय उद्दोगीव्यवसायी नेकपा एमालेमा प्रवेश गर्ने भएका छन् । अहिले प्रधानमन्त्रीको सरकारी निवासमा आयोजित कार्यक्रमबीच पार्टी प्रवेश हुँदैछ ।
पार्टी प्रवेशका लागि उद्दोगीव्यवसायी मदन मित्तल, हितेश गोल्छा, पवन मित्तल, सीताराम अग्रवाललगायत बालुवाटार पुगेका छन् । पूर्वमन्त्री मोती दुगडलगायतले पहल गरी प्रधानसहित उद्दोगीव्यवसायीलाई एमाले प्रवेशको वातावरण बनाएका हुन् । बालुवाटार पुगेका छन् । पूर्वमन्त्री मोती दुगडलगायतले पहल गरी प्रधानसहित उद्दोगीव्यवसायीलाई एमाले प्रवेशको वातावरण बनाएका हुन् ।
नेपाल उद्दोग वाणिज्य महासंघको केही महिना अघि सम्पन्न महाधिवेशनमा प्रधान चन्द्र ढकालसँग पराजित भएका थिए । विगतमा नेपाली काँग्रेससँग निकट प्रधान चुनावमा पराजित भएपछि असन्तुष्ट बन्दै आएका थिए ।