Logo

आफुहरुले भनेको ठाउँमा बैठक राखे सहभागी हुन तयारः खनाल–नेपाल पक्ष



काठमाडौं, चैत ७ । आज बस्ने नेकपा (एमाले) को संसदीय दलको बैठक र केन्द्रीय कमिटी बैठक बालुवाटारमा नराखेर आफुहरुले भनेको ठाउँमा राखे बैठकमा सहभागी हुने खनाल–नेपाल पक्षले शर्त अगाडि सारेको छ ।

स्थायी कमिटीको बैठक संसदीय दलको बैठक सिंहदरवारस्थित दलको कार्यालय र केन्द्रीय कमिटी बैठक धुम्बाराहीस्थित पार्टी मुख्यालयमा राखेमात्र बैठकमा सहभागी हुने खनाल–नेपाल पक्षले जनाएको छ ।

खनाल–नेपाल पक्षले पार्टी कसैको निजी नभएकाले ओलीले बोलाएकै ठाउँमा आफुहरु जान तयार धारणा बाहिर ल्याएको छ ।
एमालेको संसदीय दलको बैठक अहिले विहान १०ः३० बजे र केन्द्रीय कमिटी बैठक मध्यान्ह १२ बजेका लागि बालुवाटारमा बोलाइएको छ ।



प्रतिक्रिया दिनुहोस्