Logo

माधव नेपालले ४ सयभन्दा बढी युवालाई एमाले प्रवेश गराए



काठमाडौं, ७ चैत्र । नेकपा एमालेका नेता माधवकुमार नेपालले ४ सयभन्दा बढी युवालाई पार्टी प्रवेश गराएका छन् । आज राष्ट्रिय सभागृहमा आफूनिकट युवा संघको राष्ट्रिय भेलामा पार्टी प्रवेश गराएका हुन् ।

एमाले प्रवेश गर्नेहरुमा विगतमा नेपाली काँग्रेस, माओवादी केन्द्र, राष्ट्रिय प्रजातन्त्र पार्टीलगायतसँग आवद्ध युवाहरु छन् ।

एमालेभित्र नेता नेपालको अध्यक्ष केपी शर्मा ओलीसँग टकराव बढ्दै जाँदा पार्टी प्रवेश गराएका हुन् ।



प्रतिक्रिया दिनुहोस्