Logo

सस्तो छ नेपालमा दाँतको उपचार



काठमाडौं, चैत ८। बेलायतमा बस्ने नीता राई दाँतको रोगी छिन् । उनलाई दाँत दुख्ने समस्याले पिरोलिरहन्छ । बेलायतमा दाँतको उपचार गर्न धेरै महँंगो हुने भएकाले गत वर्ष नेपाल आउँदा उनले दाँतको उपचार गरिन ।

सुरुमा दाँतका लागि राम्रो र सस्तो भनेर वीर अस्पताल गएकी राई वीरमा एउटा दाँतको उपचार गर्न एक महिनाभन्दा बढी समय लाग्ने भएपछि ओम समाज डेन्टल अस्पताल, कलङ्कीमा गएर तीन दिनमै सम्पूर्ण दाँतको उपचार गराएकी हुन् । नेपालमा दुईवटा दाँत हाल्ने, आरसीटी गर्नेजस्ता सबै उपचार गर्दा उनको उपचारमा ५० हजार रुपियाँभन्दा माथि लागेन ।

तर त्यही उपचार बेलायतमा कम्तीमा पाँच लाख रुपियाँ लाग्न सक्ने उनको अनुभव छ । यस्तै अस्ट्रेलियामा बसोबास गर्दै आएकी रेस्मा लोहनी पेसाले नर्स हुन । उनको पनि दुवैतिरको बङ्गरा कीराले खाएर सखाप पारेको छ । सानैदेखि अत्यधिक गुलियो पदार्थ तथा चकलेट खाएका कारण उनलाई अहिले दाँतले दुःख दिइरहेको छ । उनी नेपाल आउन पाएकी छैनन् ।

उनले अस्ट्रेलियामै एमएन नर्सिङ अध्ययन सकिन । उनी पनि नेपाल आउनासाथ दाँतको उपचार गर्ने योजनामा रहेकि छन्। यस्तै अस्ट्रेलियामा दाँतको उपचार महँगो हुने भएकाले उनी पनि नेपालमै आएर उपचार गर्ने सोचमा रहेको आजको गोरखापत्र दैनिकमा खवर छ ।



प्रतिक्रिया दिनुहोस्