काठमाडौं, ८ चैत्र । मिथिला लघुवित्त वित्तिय संस्थाले बाह्रौ वार्षिक साधारण बोलाएको छ । लघुवित्तको होटल राजदरवार एण्ड रिर्सोट, जनकपुरधाममा चैत्र २९ गते सभा बोलाएको हो ।
हाल चुक्तापुँजीको १२.६३ प्रतिशत नगद लाभांश वितरण प्रस्ताव सभाले पारित गर्ने भएको छ ।
कम्पनीको अनुसार शेयरधनीको समुहबाट एकजना महिला संचालकको निर्वाचन गर्ने, कम्पनीको प्रबन्धपत्र तथा नियमावली संशोधन गर्ने, अन्य संस्थासँग मर्जर गर्ने अख्तियारी दिने प्रस्ताव सभाले पारित गर्ने भएको छ ।
कम्पनीको अनुसार सभा प्रयोजनार्थ चैत्र ७ गते बुक क्लोज गर्ने भएकोले १६ गतेसम्म नेप्सेमा कारोबार भएका शेयरधनीहरु मात्र सभामा भाग लिन र प्रस्तावित लाभांश प्राप्त गर्न सक्नेछन् ।
उक्त प्रस्तावित वितरण पछि कम्पनीको १३ करोड ६३ लाख ४९ हजार ७४३ रुपैयाँ चुक्तापुँजी पुग्ने जनाएको छ ।