Logo

सिद्वार्थ बैंक र सम्यक डायग्नोस्टिकबीच सम्झौता



काठमाडौं, ८ चैत्र । सिद्वार्थ बैंक र सम्यक डायग्नोष्टिकबीच सम्झौता भएको छ । दुई कम्पनीबीच बैंकका ग्राहकलाई विभिन्न सेवामा १५ प्रतिशत छुट दिने सम्झौता भएको हो ।

बैंकका ग्राहकहरुले जावलाखेल, बानेश्वर र भक्तपुरमा रहेको सम्यक डायग्नोस्टिकमा डेबिट, क्रेडिट तथा प्रिपेड कार्ड, मोबाईल बैैंकिङ्ग, इन्टरनेट बैैंकिङ्ग प्रयोग बापत ईन हाउस प्याथोलोजि सेवामा १५ प्रतिशतसम्मको छुट प्राप्त गर्न सक्ने जनाइएको छ ।

बैंकले यो सुविधाले ग्राहकहरुलाई छुटको सुविधा उपलब्ध हुनुका साथै नगद कारोबारबाट डिजिटल कारोबारमा जान उत्प्रेरित गर्ने विश्वास गरेको छ ।



प्रतिक्रिया दिनुहोस्