काठमाडौं, ८ चैत्र । केही दिनयता ओरोलो लागेको नेपाली शेयर बजार आज भने सामान्य उकालो लागेको छ । आज (आइतबार) २.५६ प्रतिशत अर्थात ६३.३८ अंकले बढेर २५३८. ४६ विन्दुमा पुगेको हो ।
त्यस्तै, सेन्सेटिभ इन्डेक्स पनि आज ९.४४ अंकले बढेर ४५३.५९ विन्दुमा पुगेको छ । आज नेप्से परिसुचक अनुसार २०६ कम्पनीको ८० हजार ९ सय ८६ पटक कारोबार भएर ५ अर्ब ९१ करोड ९८ लाख २४ हजार ५६९ रुपैयाँ बराबरको १ करोड २४ लाख ३० हजार शेयर खरिद बिक्रि भएको छ ।
साताको कारोबारको पहिलो दिन आज १२ उपसमुहको परिसुचक बढेका छन् । आइतबार सबै उपसुचकहरु हरियो छन् । सबैभन्दा होटल एण्ड टुरिजम उपसमुहको परिसुचक ५.३६ प्रतिशतले बढेको हो । त्यसरी नै निर्जीवब बीमाको परिसुचक ४.५९ प्रतिशतले बढेको छ ।
नेप्सेको अनुसार आज सबैभन्दा धेरै नेपाल बंगलादेश बैंक लिमिटेडको ३९ करोड ९० लाख भन्दा धेरै कारोबार भएको छ । बैंकको प्रतिकित्ता ३ सय ५० रुपैयाँ शेयरमुल्य कायम भएको छ । त्यस्तै, नेपाल लाइफ इन्स्योरेन्सको ३१ करोड २० लाख भन्दा धेरैको कारोबार भएको छ । इन्स्योरेन्सको प्रतिकित्ता २२ सय २० रुपैयाँ शेयरमुल्य कायम गरेको छ ।
आज नेरुडे लघुवित्त विकास बैंक लिमिटेडको १० प्रतिशत अर्थात १५८ रुपैयाँले बढेर १७ सय ३८ रुपैयाँ कायम भएको छ । नेप्सेको अनुसार आज स्वरोजगार लघुवित्तको १० प्रतिशत ११७ रुपैयाँले बढेर १२ सय ३८ रुपैयाँ कायम भएको छ ।