एजेन्सी, ८ चैत । महाराष्ट्रका गृहमन्त्री अनिल देशमुखले प्रत्येक महिना एक अर्ब उठाउन प्रहरीलाई दबाब दिएको खुलेपछि तरंग पैदा भएको छ । भारतको औद्योगिक शहर मुम्बईको होटल, रेष्टुरेन्ट, बारलगायतका स्थानबाट गरी मासिक एक अर्ब भारतीय रुपैयाँ उठाउने निर्देशन त्यहाँका गृहमन्त्री देशमुखले दिएको खुलेको छ ।
एनले असिसटेन्ट पुलिस इन्सपेक्टर सचिन वेजलाई प्रत्येक महिना बार र रेस्टोरेन्टबाट सय करोड उठाउन भनेका थिए । मुम्बईका पूर्वप्रहरी प्रमुख परमबीर सिंहले महाराष्ट्रका गृहमन्त्री देशमुखमाथि एक अर्ब उठाउन भनेको विषय उल्लेख गरी मुख्यमन्त्री उद्धव ठाकरेलाई पत्र लेखेका छन् । सिंह यही विषयका कारण सरुवा भएको बाहिर आएको छ ।
गृहमन्त्री देशमुखले आफुमाथि कमिशनरले गलत आरोप लगाएको भन्दै परमवीर सिंह माथि मुद्दा दर्ता गरेका छन् । मुकेश अम्वानीको घर एन्टीलामा २५ फेब्रुअरीमा भएको बम आतंकले उक्त विषय उजागर भएको हो । बम आतंकमा मुछिएका इन्सपेक्टर वेज अहिले प्रहरी हिरासतमा छन् । कमिशनर सिंहले वेजलाई भनेको विषयलाई भारतीय सञ्चार माध्यमले उदृत गर्दै लेखेको छ, ‘मुम्बईमा करिब १७५० बार रेस्टोरेन्ट छ । प्रत्येकबाट २ देखि ३ करोड सम्म मासिक उठाएपनि कुल ४० देखि ५० करोड रकम असुलि हुन्छ । त्यसबाहेक अन्यबाट पनि ५० करोड असुलि हुन्छ ।’
गृहमन्त्रीले वेजलाई आफ्नो निजी निवासमा बोलाएर एक अर्ब भारु प्रत्येक महिना बुझाउन भनेको भारतीय सञ्चारमाध्यमले लेखेको छ । निजी निवासबाट फर्के लगतै वेज परमवीर सित भेट्न पुगेका थिए । भेटको क्रममा कमिशनर सिंहलाई पुरा घटनाबारे वेजले जानरकारी गराएको विषयलाई सञ्चारमाध्यमले लेखेको छ ।
एन्टीला अगाडी भएको कार बम आतंकले सिव सेना र एनसिपीले एक अर्कामाथि आरोप प्रत्यारोप लगाइरहेको जनाइएको छ । गृहमन्त्रीको विषयमा थप जान्कारी आउन बाँकी रहेको भारतीय सञ्चार माध्यम टाइम्स अफ इन्डियाले जनाएको छ । प्रख्यात नेताहरुले यदी उक्त विषय सत्य हो भने गृहमन्त्री देशमुखले राजीनामा दिनु पर्ने समेत बताएका छन् ।-Photo: Agency