Logo

नेपाल टेलिभिजनको महाप्रबन्धकमा पत्रकार फुलमान वन नियुक्त



काठमाडौं, ८ चैत्र । सरकारले नेपाल टेलिभिजनको महाप्रबन्धकमा पत्रकार फुलमान वललाई नियुक्त गरेको छ । मन्त्रिपरिषदको गत बिहीबार बसेको बैठकले वललाई महाप्रबन्धक नियुक्त गरेको हो ।  आइतबार सरकारका प्रवक्ता सञ्चार तथा सूचना प्रविधि मन्त्री पार्वत गुरुङले नियमित पत्रकार सम्मेलनमार्फत यस्तो जानकारी दिए ।

निवर्तमान महाप्रबन्धक गोविन्द रोकाको पदावधि सकिएपछि रिक्त स्थानमा वललाई चार वर्षका लागि नियुक्त गरिएको हो । उनी खुलाप्रतिस्पर्धाबाट महाप्रबन्धक भएका हुन् ।  काभ्रेको तेमाल गाउँपालिका– १ निवासी ४१ वर्षीय वल कान्तिपुर दैनिकको वरिष्ठ उप-सम्पादक थिए ।

सामूदायिक रेडियो प्रसारक संघका पूर्वउपाध्यक्ष ।रहेका वल रेडियो नमोबुद्धका संस्थापक हुन् । नवनियुक्त महाप्रबन्धक वल पत्रकारिता सँगै साहित्य र कला क्षेत्रमा परिचित छन् । उनले ‘काजोल खातुन’ कथा संग्रह, ‘महाभारतकी मैच्याङ’ कविता संग्रह, ‘सोनाम ग्याल्मो’ र ‘मेन्दोमाया’ नाटक लेखेका हुन् ।  वलको लेखन र निर्देशन रहेको ‘सेलफोन’ छोटो फिल्मले स्वदेश तथा विदेशमा थुप्रै अवार्ड जितेको छ । Photo Source: Facebook/Phulman Bal



प्रतिक्रिया दिनुहोस्