काठमाडौं, ९ चैत्र । सनराइज क्यापिटलले बिक्रि खुल्ला गरेको सनराइज ब्लुबीच फण्डमा १ अर्ब २३ करोड ७५ लाख ८० हजार ४०० रुपैयाँ बराबरको आवेदन परेको क्यापिटलले जनाएको छ । उक्त ब्लुबीच फण्डमा ५६ बजेसम्म ५६ हजार भन्दा धेरैको आवेदन परेको हो ।
क्यापिटलको अनुसार परेको आवेदन मध्ये ५ प्रतिशत आवेदन रद्द भएको छ । सनराइजले चैत्र १ गतेबाट सनराइज म्युर्चुअल फण्डबाट १० करोड इकाई बिक्रि खुल्ला गरेको थियो । क्यापिटलले प्रतिइकाई १० रुपैयाँ अंकितदरमा १ अर्ब रुपैयाँ इकाई बिक्रिमा ल्याएको थियो ।