Logo

शाइन रेसुङ्गाको बैंकिङ सेवा विस्तार, काठमाडौंमा एकैदिन ५ शाखा उद्घाटन



काठमाडौं, ९ चैत्र । शाइन रेसुङ्गा डेभलपमेन्ट बैंकले आफ्नो सेवा काठमाडौंमा संचालन गरेको छ । रुपन्देहीको बुटलमा प्रधान कार्यालय रहेको बैंकले काठमाडौंको ५ ठाउँमा शाखा संचालन गरेको हो ।

बैंकले आइतबार काठमाडौंको नयाँ बानेश्वर, न्यूरोड, कलंकी, गोंगबु र महाराजगञ्जको ५ नयाँ शाखाको एकैदिन उद्घाटन गरेको छ । बैंकको अनुसार वित्तीय पहुँच र ग्रामिण बैंकिङलाई उच्च प्राथमिकतामा राखेर बैंकले अब क्षेत्रलाई संघिय राजधानी काठमाडौंसँग आर्थिक कारोबारमा जोड्ने भएको हो ।

बैंकले वि.स.२०६५ साल फागुन ११ गतेबाट ३ जिल्ला कार्यक्षेत्र भएको विकास बैंकको रूपमा शाइन डेभलपमेन्ट बैंकले बैंकिङ्ग कारोबार शुरू गरेको थियो । त्यसपछि २०६९ चैत ४ गते गुल्मी जिल्लामा रहेको रेसुङ्गा विकास बैंकसँग मर्जर गरेर शाइन रेसुङ्गा विकास बैंक नामको नामबाट बैंकिङ्ग सेवा दिएको थियो । त्यसपछि २०७३ साल जेठ २९ गते प्युठान जिल्ला कार्यक्षेत्र भएको गौमुखी विकास बैंकलाई मर्जर गरी व्यवसायिक क्षमता विस्तार गर्दै ग्राहकलाई थप सेवा दिँदै आएको छ ।

विभिन्न क्षेत्रको प्रतिनिधित्व गर्ने ६५ जना संस्थापकको ६ करोड चुक्ता पुँजीबाट हाल यस बैंकको ४ अर्ब पुँजी, ४ लाख बढी ग्राहक, ३३ अर्ब निक्षेप, ३१ अर्ब कर्जा, ८ सयभन्दा बढी कर्मचारी र ८० वटा शाखा सञ्जाल रहेको बैंकले जनाएको छ । बैंकको अनुसार वित्तीय पहुँच र ग्रामिण बैंकिङलाई उच्च प्राथमिकतामा राखेर बैंकिङ सेवा दिने योजना रहेको छ ।

 



प्रतिक्रिया दिनुहोस्