Logo

के शरीरको बनावटले भाग्यको फैसला हुन्छ त ?



काठमाडौं, ९ चैत्र । केही मानिसलाई मात्र थाहा छ, मानिसको चिनाले मात्र होइन शरीरको बनावटले पनि भाग्यको आंकलन गर्न सकिन्छ । शारीरिक बनावटको आधारमा भविष्यको बारेमा थाहा पाउनुलाई सामुन्द्रिक शास्त्र भनिन्छ । सामुन्द्रिक शास्त्र अनुसार राजयोग बन्ने निशान महिलाको देव्रे भाग र पुरुषको दाहिने भागमा हुन्छ ।

जुन व्यक्तिको छाती चौडा, नाक लामो र नाभि गहिरो छ त्यस्ता व्यक्तिको सानै उमेरमा धेरै सफलता मिल्नेछ र सपना पुरा हुनेछ । यस्ता मानिसको धन सम्पत्ति धेरै हुन्छ । परिवारलाई सुखी राख्छन् ।

जसको खुट्टाको पैतालामा अंकुश, कुंडल वा चक्रको निशान छ, त्यस्ता व्यक्ति एक राम्रो शासक, ठुलो व्यापारी, अधिकारी र राजनेता बन्नेछन् ।
जुन महिलाको देव्रे हातको हत्केलाको बीचमा कोठी, ध्वजा, माछा, विणा, चक्र वा कमल जस्ता आकृति देखिन्छन् ती महिला लक्ष्मी समान मानिन्छन् । यस्ता महिलालाई जहाँबाट पनि धन र सुख प्राप्ति हुन्छ ।

जुन पुरुषको देव्रे हातको हात वा खुट्टामा माछा, अंकुश वा विणा जस्ता देखिने निशान हुन्छन् ती व्यक्तिले कम समयमा नै पैसा र प्रतिष्ठा कमाउछन् ।
जसको हातको बीचमा तील कोठी छ त्यस्ता व्यक्तिले धनवान हुनुको साथै समाजमा प्रतिष्ठित बन्नेछन् । हातको साथै जसको खुट्टाको तल्लो भागमा तिल, चन्द्रमा वा वाहन जस्ता देखिने निशान भएका ती व्यक्तिलाई वाहनबाट सुख मिल्छ ।

जुन महिला वा पुरुषको खुट्टामा चक्रको साथै कमल, वाण, रथर वा सिंहासन जस्ता कनिशान हुन्छन् त्यस्ता व्यक्तिको पुरै जीवन भुमि भवन जस्ता सुख मिल्छ ।
जसको छातीमा धेरै कपाल छन् त्यस्ता व्यक्ति सन्तोषी प्रवृत्तिका हुन्छन् । यस्ता मानिस अमुमन धनी हुन्छन् ।

जसको औलाहरु ६ वटा हुन्छन् त्यस्ता व्यक्ति पनि भाग्यमानी हुन्छन् । यस्ता व्यक्तिले हरेक चीजमा फाइदा उठाउछन् । इमानदार र मेहेनती पनि हुन्छन् ।
जसको निधारको दाहिने भागको माथि तिल कोठी भएका मानिसहरुको आर्थिक स्थिति धेरै बलियो हुन्छ । दाहिने गालामा तिल कोठी हुनेले धनवान हुने मान्यता राख्छ । बीचमा तिल कोठी , ध्वजा, माछा, विणा, चक्र वा कमल जस्ता आकृति देखिन्छन् । धार्मिक शास्त्रअनुसार



प्रतिक्रिया दिनुहोस्