Logo

२७.७६ प्रतिशत बोनस शेयर र ३० प्रतिशत हकप्रदको प्रस्ताव पारित गर्दै शिखर इन्स्योरेन्सको साधारणसभा सम्पन्न



काठमाडौं, ९ चैत्र । शिखर इन्स्योरेन्स कम्पनीको साधारणसभा सम्पन्न भएको छ । कम्पनीको १५ र १६ औ वार्षिक सभा प्रधान कार्यालय थापाथलीको सभाहलमा सम्पन्न भएको हो ।
आज सम्पन्न भएको सभाले यस अगाडी सञ्चालक समितिले प्रस्ताव गरेको बोनस शेयर र हकप्रद शेयर निष्काशन गर्ने विशेष प्रस्ताव पारित गरेको छ ।

यसको साथै कम्पनीले यस अगाडि ३० प्रतिशत हकप्रद शेयरबाट कायम शेयर पुँजीमा आर्थिक वर्ष २०७६/७७ को मुनाफाबाट २७.७६ प्रतिशत बोनस शेयर दिने प्रस्ताव सभाबाट पारित भएको छ । कम्पनीले गत साउन ४ गतेदेखि ३० प्रतिशत हकप्रद शेयर बिक्री गरेको थियो । हकप्रद शेयर पछि कम्पनीको चुक्ता पुँजी एक अर्ब ३६ करोड रुपैयाँ पुगेको थियो । यसै पुँजीको २७.७६ प्रतिशत बोनस पारित भए सँगै कम्पनीको चुक्ता पुँजी एक अर्ब ७३ करोड रुपैयाँ पुगेको छ । यहि पुँजीको ३० प्रतिशत हकप्रद निष्काशन पछि भने कम्पनीको चुक्ता पुँजी २ अर्ब २५ करोड रुपैयाँ पुग्नेछ ।

कम्पनीले बोनस शेयर वितरण पछि कायम हुने शेयर पुँजीमा सर्वसाधाण शेयरधनीको हिस्सा ४९ प्रतिशत पुर्याउने विशेष प्रस्ताव पारित भएको छ । इन्स्योरेन्सको अनुसार हाल संस्थापक शेयर पुँजीको हिस्सा ६० प्रतिशत रहेको छ भने सर्वसाधारणको ४० प्रतिशत छ । शेयर कन्भर्जन पछि संस्थापक तर्फ ५१ प्रतिशत र सर्वसाधारण तर्फ ४९ प्रतिशत पुगेको छ ।
साथै साधारणसभाबाट सर्वसाधारण समुहको तर्फका २ जना सञ्चालक निर्वाचित भएका छन् ।



प्रतिक्रिया दिनुहोस्