काठमाडौं, ९ चैत्र । नेपाली काँग्रेसले सरकारको नेतृत्वका लागि तयार भएपनि अवस्था परिपक्व नबनेको निष्कर्ष निकालेको छ । आज पार्टी केन्द्रीय कार्यालय सानेपामा बसेको पदाधिकारी र पूर्व पदाधिकारीको बैठकले यस्तो निष्कर्ष निकालेको नेता रमेश खरेलले जानकारी दिए ।
‘आवश्यक परे काँग्रेसले सरकारको नेतृत्व गर्छ,’ लेखकले बैठकपछि पत्रकारसँगको कुराकानीमा भने,‘अवस्था अझै परिपक्व बनिसकेको छैन ।’ लेखकले सरकारको नेतृत्वबारे छलफल नै नभएको दाबी गरे । तर, बैठकमा वरिष्ठ नेता रामचन्द्र पौडेल पक्षधरले यसबारे कुरा उठाएका थिए ।
ब्ैठकमा काँग्रेसको क्रियाशिल सदस्यता नवीकरण देखि वितरणको विषयबारे छलफल भएको थियो । ६८ जिल्लाहरुले क्रियाशील सदस्यको विवरण जिल्लाबाटै अनलाइन प्रणालीमा राखिसकेका छन् । तर, नौ जिल्लाहरुले राख्न शुरु नगरेको उल्लेख छ ।
६९ जिल्लाबाट तीन लाख ९२ हजार ७ सय ९४ क्रियाशिल सदस्यको नाम प्रणालीमा राखिएको लेखकले जानकारी दिए । जसमध्ये २ लाख १२ हजार ५ सय १९ जनाको नाम नवीकरणमा र १ लाख ८० हजार २ सय ७५ जनाको नाम नयाँ क्रियाशील सदस्यको नामामा राखिएको छ ।-फाइल तस्बिर