Logo

अहिले पुष्पकमल दाहाल र उनको विचारलाई सिध्याउने खेल सुरु भयो : पूर्वमन्त्री पासवान (भिडिओसहित)



काठमाडौं, ९ चैत्र । बहुजन शक्ति पार्टी नेपालका अध्यक्ष तथा पूर्वमन्त्री विश्वेन्द्र पासवानले मुलुकलाई निकास दिनको लागि तत्काल सहमतिको सरकार बनाउनुपर्नेमा जोड दिएका छन् । रिपोर्टर्स क्लब नेपालको रिपोर्टर्स सम्वादमा पत्रकार लक्ष्मी प्रसाद जैशीसँग कुरा गर्दै नेता पासवानले यस्तो बताएका हुन् । उनले तत्कालिन नेपाल कम्युनिष्ट पार्टी (नेकपा) लाई जनताले करिब दुई तिहाई मत दिएको भएपनि उसले त्यो मतलाई अपमान गरेको पनि आरोप लगाएका छन् ।

उनले प्रमुख दलका नेताहरुले देश र जनतालाई पहिलो प्राथमिकतामा राखेर काम गर्न नसकेको पनि गुनासो पोखे । उनले नेपाली राजनीतिमा नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहालको सुन्दर भविष्य रहेको पनि बताए । उनले भने-“जनयुद्धबाट आएको नेतृत्वको हैसियतले पनि उहाँले धेरै कुरा गम्भीरताका साथ लिनुपर्दथ्यो । तर, उहाँले गम्भीरताका साथ लिन सक्नुभएन । अहिले पुष्पकमल दाहाल र उनका विचारलाई सिध्याउने खेल सुरु भयो ।”



प्रतिक्रिया दिनुहोस्