Logo

खल्तीबाटै मेरो सेयर तथा डिम्याट खाता नविकरण गर्न सकिने



काठमाडौं, १० चैत्र । अबदेखि खल्ती डिजिटल वालेटबाट मेरो सेयर तथा डिम्याट खाता नविकरण गर्न सकिने भएको छ । खल्ती (स्प्यारो पे प्रा. लि) र सिडिएस एण्ड क्लियरिंग (सीडीएससी)बीच सम्झौता भएको हो । सम्झौतामा सीडीएसका प्रमुख कार्यकारी अधिकृत पूर्णप्रसाद आचार्य र खल्ती डिजिटल वालेटका सहायक प्रबन्धक जोनाम भूर्तेललेमा हस्ताक्षर गरेका हुन् ।

सम्झौतापछि मेरो सेयर तथा ७६ वटा डिम्याट खाता संचालक कम्पनी (डिपी) को डिम्याट एकाउन्ट नवीकरण शुल्क खल्ती डिजीटल वालेटबाटै भुक्तानी गर्न सकिने जनाएको छ । उक्त खाता नविकरण गर्दा कुनै पनि शुल्क नलाग्ने भएको छ ।

मेरो सेयर र डिम्याट खाताको नवीकरण खल्ती डिजिटल वालेटबाटै गर्न सकिने भएको छ । मरो शेयरको अनुसार डिम्याट खाताधनीले मेरो सेयरको होम स्क्रिनमा लग–इन गरी त्यहाँ रहेको प्रोफाइलमा खाता नवीकरण गर्ने सुविधा उपलब्ध गराएको छ ।



प्रतिक्रिया दिनुहोस्