काठमाडौं, १० चैत्र । नारायणी डेभलपमेन्ट बैंक लिमिटेडले सोमबारदेखि अवितरित हकप्रद शेयर लिलामी प्रक्रियाबाट बिक्रिमा ल्याएको शेयरमा आजसम्म आवेदन दिन सकिन्छ । बैंकले माघ १३ देखि फागुन ३ गतेसम्म विक्रिमा ल्याएका शेयर वितरण नभएका सर्वसाधारणतर्फको ६ हजार ५८३ कित्ता र सस्थापकको तर्फबाट १५ हजार ९७४ कित्ता शेयर लिलामीमा बिक्रि गरेको हो ।
शेयरको न्युनतम मुल्य एक सय रुपैयाँ निर्धारण गरेको हुनाले सो वा सो भन्दा बढी मुल्य अंकित गरेर चैत्र १० गनेसम्म गोप्य शिलबन्दी पेश गर्न सक्ने बैकले जनाएको छ । शेयर बिक्रि प्रबन्धकमा ग्लोबल आइएमई क्यापिटल लिमिटेडको अनुसार बोलपत्र विर्तामोड, विराटनगर, जनकपुर लगाउतको विभिन्न शाखा कार्यालयबाट लिन सकिन्छ ।