Logo

कर तिर्ने काम मात्रै, जग्गा कहाँ छ थाहा छैन



फुङलिङ, ११ चैत्र । खाद्य व्यवस्थापन तथा व्यापार कम्पनी शाखा ताप्लेजुङको नाममा १५० रोपनीभन्दा बढी जग्गाको मालपोत कार्यालयमा कर तिर्ने काम मात्र हुँदै आएको छ तर जग्गा कहाँ कसले भोगचलन गर्दै आएको छ, कार्यालयसँग कुनै तथ्याङ्क छैन् । कम्पनीको नाममा चार स्थानीय तहमा विभिन्न स्थानमा जग्गा छ भनिए पनि कहाँ छ भन्ने संस्थानसँग कुनै जानकारी छैन ।

कागजी स्रेस्ताअनुसार मालपोतमा राजश्व बुझाउने काम भने खाद्य संस्थाको जिल्ला कार्यालयले गर्दै आएको कम्पनीको ताप्लेजुङ शाखा प्रमुख तुलमाया लोवाले बताए । सदरमुकाम फुङ्लिङमा तीन रोपनी एक आना दुई पैसा एक दाम जग्गा छ । यहाँ कम्पनीको गोदाम घर र कार्यालय सञ्चालन भइरहेको छ । केही खाली क्षेत्रमा कर्मचारीले बेलाबेलामा सागसब्जी रोप्दै आएका छन् । एक हजार ५७५ नम्बरको एउटै कित्ता रहेको स्रेस्तामा उल्लेख छ ।

मैवाखोला गाउँपालिकामा दुई कित्ता जग्गा छ । तीन सय ७१ कित्ताको दुई रोपनी १४ आना तीन पैसा दुई दाम र ३६९ नम्बरको कित्तामा ११ आना तीन पैसा तीन दाम जग्गा रहेको कार्यालयले जनाएको छ । सबैभन्दा बढी जग्गा आठ राई त्रिवेणी गाउँपालिका तीन हाङ्पाङमा छ । यहाँ छ कित्ता जग्गा रहेको खाद्यले जनायो । अठहत्तर नम्बर कित्तामा १४ रोपनी १३ आना २ दाम, २१३ नम्बर कित्तामा नौ रोपनी एक दाम दुई पैसा, २१४ नम्बर कित्तामा पाँच रोपनी नौ आना, ८९ नम्बर कित्तामा १२ रोपनी आठ आना दुई पैसा दुई दाम, ११५ नम्बर कित्तामा ११ रोपनी १५ आना तीन पैसा दुई दाम र ४४२ नम्बर कित्तामा ११ रोपनी १४ आना तीन पैसा जग्गा रहेको स्रेस्तामा उल्लेख छ ।

आठराई त्रिवेणी गाउँपालिकामा ६५ रोपनी जग्गा कम्पनीको नाममा छ । सो जग्गा कस्ले भोग चलन गर्दै आएको छ । कम्पनीसँग तथ्याङ्क नभएको कम्पनीको शाखा कार्यालयका प्रमुख लोवाले बताए । जग्गाको स्रेस्ता छ तर जग्गा कहाँ छ कुनै पत्तो छैन । उनले भने, “केही जग्गा पत्ता लागेको छ । बाँकी खोजी भइरहेको छ ।” अहिलेसम्म मालपोतमा तिरो तिर्ने काम मात्रै भइरहेको लोवाले बताए ।

कम्पनीको जग्गा फक्ताङ्लुङ गाउँपालिका–३ लिङ्खिमको सिंवा बजारमा ३६३ कित्ता नम्बरको दुई आना एक पैसा दुई दाम देखिएको छ । खाद्य कम्पनीको गोदम बेवारिसे अवस्थामा छ । फक्ताङलुङ गाउँपालिका–३ खेजिनेमा ४३ रोपनी तीन आना एक दाम जग्गा कम्पनीको नाम रहेको छ । अठ्तिस कित्ता नम्बर जग्गामा २४ रोपनी आठ आना तीन दाम जग्गा संस्थानको नाममा हरेको छ ।

पचहत्तर किता नम्बर जग्गामा तीन रोपानी एक आना दुई पैंसा तीन दाम संस्थानको नाममा हरेको छ । तीन सय ३७ कित्ता नम्बर जग्गामा चार रोपानी ६ आना तीन पैसा तीन दाम संस्थानको नाममा हरेको छ । एक सय ३४ कित्ता नम्बर जग्गामा ११ रोपनी दुई आना संस्थानको नाममा जग्गा रहेको तथ्याङ्क छ । रासस



प्रतिक्रिया दिनुहोस्