Logo

आफ्नै बुहारीलाई आगो लगाई फरार ससुरा ७ वर्षपछि पक्राउ



बाँके, ११ चैत्र । आफ्नै बुहारीलाई आगो लगाई फरार ससुरालाई ७ वर्षपछि प्रहरीले पक्राउ गरेको छ । आफ्नै २३ वर्षीया बुहारीलाई मट्टीतेल छर्कि आगो लगाई फरार अभियुक्त नरैनापुर गाउँपालिका–२ बस्ने ७५ वर्षीय हनिफ शेष ढपाली सोमबार पक्राउ परेका हुन् ।

दाईजोको निहुँमा २०७० चैत २ गते बुहारीलाई मट्टीतेल छर्कि आगो लगाई ज्यान मार्ने उद्योग गरेको मुद्दामा फरार रहेका उनलाई ईलाका प्रहरी कार्यालय भगवानपुर बाँकेबाट खटिएको प्रहरीले सोही गाउँपालिका(१ सुईयामा लुकिछिपी बसेको अवस्थामा फेला पारी पक्राउ गरेको बताएको छ ।

हाल फरार रहेका पीडितका श्रीमान र सासुको खोजी गर्नुको साथै यस सम्बन्धमा थप अनुसन्धान भईरहेको जिल्ला प्रहरी कर्यालय बाँकेले जनाएको छ ।



प्रतिक्रिया दिनुहोस्