काठमाडौं, ११ चैत्र । कामना सेवा विकास बैंकले नयाँ के. एस इन्स्टा अनलाइन बचत खाता संचालनमा ल्याएको छ । बैंकको अनुसार यो अनलाइन बचत खाताबाट सेवाग्राहीले बैंकको वेवसाइट मार्फत एकै मिनेटमा खाता खोल्नुको साथै वार्षिक रुपमा एक लाख रुपैयाँसम्मको कारोबार गर्ने सक्नेछन् ।
बैंकको यो विशेष खातामा पहिलो वर्ष निःशुल्क मोबाईल र इन्टरनेट बैकिङ्गको सुविधा र उच्चतम ब्याजदरको सुविधा रहेको छ ।