Logo

सारथी नेपालले एफपिओ जारी गर्न साधारण सभा बोलायो



काठमाडौं, ११ चैत्र । सारथी नेपाल लघुवित्त संस्था लिमिटेडले एफपिओ जारी गर्ने भएको छ । कम्पनीको एफपिओ जारी गर्ने प्रस्ताव बैशाख ३ गते हुने साधारण सभाले पारित गर्ने जनाएको छ ।

कम्पनीको धुलिखेलमा बाह्रौं वार्षिक सभा बिहान ११ बजेबाट हुने भएको छ । सभाले गत आवको मुनाफाबाट ८.१३ प्रतिशत बोनस शेयर र कर प्रयोजनार्थ ०.४२ प्रतिशत नगद लाभांश वितरण सम्बन्धि बिशेष प्रस्ताव पारित गर्दैछ । सभाले संचालक समितिको प्रतिनिधित्व गर्ने ४ जना र सर्वसाधारणको तर्फबाट २ जना संचालकको निर्वाचन गर्ने भएको छ ।

चैत्र १९ गतेदेखि बैशाख ३ गतेसम्म सभा प्रयोजनार्थ बुक क्लोज गर्ने भएको छ । २३ करोड ५३ लाख ८६ हजार १५० रुपैयाँ रहेको चुक्तापुँजी कम्पनीले जनाएको छ ।



प्रतिक्रिया दिनुहोस्