धनुषा, ११ चैत्र । जलस्रोत तथा सिंचाई विकास डिभिजन, धनुषा जनकपुरका डिभिजन प्रमुख सि.डि.ई भगवान झाले ३५० हे. कृषि योग्य जग्गामा १२ महिना सिंचाई सुविधा पुर्याउनको लागि आज माची झिटकैया सिंचाई योजनाको शिलान्यास गरेका छन् । उक्त अवसरमा स्थानीय किसानहरूको उपस्थित रहेको थियो । उक्त योजनाको कुल लागत ४ करोड़ रहेको र दुई आर्थिक वर्षभित्र सम्पन्न हुने लक्ष्य राखिएको छ ।
उक्त योजनामा weir निर्माण, मूल नहर र शाखा नगर तथा VRB कल्वर्टका कार्यहरु हुने जनाईएको छ । यसरी मनियारी, पिपरा मईन, कलारी बाँध, अरही नदी सिचाँई योजना र माची झिटकैया सिचाई योजना गरी करिब २००० हे. जग्गामा वर्षभरि सिंचाई सुविधा १ वर्षभित्र किसानहरुलाई पुगि कृषि उपजमा भारी वृद्धि हुने भएकोले धनुषाका किसानहरू हर्षित छन् ।