Logo

सिद्वार्थ इन्स्योरेन्सले १५ प्रतिशत लाभांश वितरण गर्ने



काठमाडौं, १२ चैत्र । सिद्वार्थ इन्स्योरेन्स लिमिटेडले शेयरधनीहरुलाई १५ प्रतिशत लाभांश वितरण गर्ने भएको छ । इन्स्योरेन्सको संचालक समितिको चैत्र ११ गते बसेको बैठकले १२ प्रतिशत बोनस शेयर तथा ३.७८९४ प्रतिशत नगद लाभांश गरी कुल १५.७८९४ प्रतिशत लाभांश वितरण गर्ने निर्णय गरेको हो ।

उक्त प्रस्तान कम्पनीको आगामी सभाले पारित गरेपछि मात्र शेयरधनीले लाभांश प्राप्त गर्न सक्नेछन् । उक्त बोनस बितरणपछि कम्पनीको १ अर्ब १२ करोड रुपैयाँ चुक्तापुँजी पुग्ने भएको छ ।

 



प्रतिक्रिया दिनुहोस्