काठमाडौं, १२ चैत्र । कालिका लघुवित्त वित्तीय संस्थाको दुई साधारण सभा एकैदिन हुने भएको छ । कम्पनीले बैशाख १८ गते दशौं र एघारौं वार्षिक साधारण सभा गर्ने भएको हो । पोखरामा हुने सभाले शेयर संरचना परिर्वतन गरेर संस्थापक समुहको ५४.५२ प्रतिशत र सर्वसाधारण समुहको ४५.४८ प्रतिशत कार्य गर्ने, अन्य वित्तीय संस्थासँग मर्जर गर्न संचालक समितिलाई अख्तियारी दिने प्रस्ताव पनि पारित गर्ने जनाइएको छ ।
२५ करोड २३ लाख ३० हजार चुक्ता पुँजी भएको यस कम्पनीले सभा प्रयोजनार्थ चैत्र २२ गतेदेखि बैशाख ७ गतेसम्म बुकक्लोज गर्ने भएको छ । चैत्र ९ गतेसम्म कायम भएका शेयरधनीहरुले मात्र सभामा भाग लिन र प्रस्तावित लाभांश प्राप्त गनृ सक्ने कम्पनीले जनाएको छ । शेयर वितरण पश्चात कम्पनीको २७ करोड ७५ लाख ६३ हजार रुपैयाँ चुक्तापुँजी पुग्ने बैंकले जनाएको छ ।