Logo

बैंक अफ काठमाण्डुको परिस्कृत मोबाईल बैंकिङ्ग सेवा, बिना एप पनि प्रयोग गर्न सकिने



काठमाडौं, १२ चैत्र । आफ्नो मोबाईल बैंकिङ्ग सेवालाई बैंक अफ काठमाण्डूले परिस्कृत गरेको छ । बैंकको अनुसार बैंकका खाताबहाक ग्राहक तथा उक्त बैंकमा खाता नभएकाले उक्त ओम्नी च्यानल सेवा उपयोग गर्न पाउने छन् ।

परिस्कृत मोबाईल बैंकिङ्ग सेवा पश्चात् ग्राहकलाई डिजिटल कारोबार गर्न थप उत्साहित गर्ने विश्वास बैंकले गरेको छ । बैंकले यो परिस्कृत सेवाले हाल ग्राहकले भोगिरहेका विभिन्न समस्याहरुको निवारण गर्ने बताएको छ । हाल बैंकले ग्राहकलाई प्रदान गरेको मोबाईल बैंकिङ्ग सेवा प्रयोग गर्न प्रयोगकर्ताले आफ्नो मोबाईलमा सम्बन्धित बैंकको एप डाउनलोड गर्न पर्नेछ तर यस बैंकको परिस्कृत सेवा मोबाईल एपबाट मात्र नभई बिना एप पनि प्रयोग गर्न सक्ने बैंकले जनाएको छ ।

बैंकको अनुसार, परिस्कृत सेवाबाट ग्राहकले विभिन्न माध्यम मार्फत विभिन्न बैंक खाताहरुमा खाता नम्बर वा मोबाईल नम्बर प्रयोग गरी रकमान्तर गर्न, विभिन्न वालेटहरुमा रकमान्तर गर्न, मोबाईल, इन्टरनेट, टेलिभिजन, विद्युत, खानेपानी, तथा टेलिफोन सेवाहरुको सेवा शुल्क भुक्तानी गर्न, ग्राहक आफ्नो खाताको विवरण हेर्न सकिने छ ।



प्रतिक्रिया दिनुहोस्